सखुवानानकरकट्टीको बारेमा
सखुवानन्कारकट्टी गाउँपालिका
नेपालको प्रदेश नं. २ अन्तर्गत सिरहा जिल्लाको पूर्व मध्य भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने यस गाउँपालिका मिति २०७३ फागुन २२ गते सखुवानन्कारकट्टी खैरवोना चौक लाई केन्द्र राखी ५ वटा गा.वि.स.हरु मिलेर गाउँपालिकाको स्थापना गरिएको छ। साविका ५ गा.वि.स. हाल ५ वडा मौवाही, सोठिआईन, महदेवा पोर्ताहा, सखुवानन्कारकट्टी र ईटहर्वा वडामा विभाजन गरिएको हो। ३२.८५ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा सप्तरी जिल्ला, पश्चिमतिर लक्ष्मीपुर पतारी गाउँपालिका,दक्षिणमा नवराजपुर र भगवानपुर गाउँपालिका रहेको छ भने उत्तरमा लाहान नगरपालिका रहेका छन् । सिरहा जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरुमा विकासको राम्रो सम्भावना बोकेको गाउँपालिकाको रुपमा सखुवानन्कारकट्टी गाउँपालिका रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ। तराई क्षेत्रमा रहेको यस गाउँपालिकामा ब्यापार, उद्योग, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् । ओषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार, व्यवसाय, उद्योग, नोकरी साथै विकल्पमा वैदेशिक रोजगारी हुन । यस गाउँपालिकामा आधारभूतदेखि उच्च शिक्षासम्म प्रदान गर्ने २५ विद्यालय रहेका छन् । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, छठपर्व, माघि, होली, महाशिवरात्री, तीज, जनैपुर्णिमा, कृष्णजन्माष्टमी, बकरइद, रमजान, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।

टिप्पणियाँ
एक टिप्पणी भेजें