दैनिक वैदेशिक जीवन_Blog -3
"दैनिक कार्यमा SAFETY सम्बन्धी "
वैदेशिक रोजगारमा धेरै कुराहरुको स्वयं विशेष ध्यान राख्नु पर्छ जस्तै स्वास्थ्य,खान-बस्न,सरसफाई,अन्य इति आदि। स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो त्यही भएर कम्पनीले लागु गरेको हरेक safety सुरक्षा नियम पालन गर्नु पर्छ ! यो हाम्रो कर्तव्य पनि हो ! यो सबै नियम कम्पनीले हाम्रो स्वास्थ्यको लागि बनाको हुन्छ। हामी एउटा कामदार मात्र नभई हाम्रो पछाडी हाम्रो सम्पूर्ण परिवार जोडिएको हुन्छ र वहाँहरुले हामीबाट केहि न -केही अपेक्षा राखेको हुन्छ त्यही भएर यो सबै कुरालाई विचार गर्नु पर्छ , company को नियम पालना गर्नु पर्छ।
हामीलाई अपनाउनु पर्ने केहि सुरक्षा उपायहरु जस्तै हेल्मेट (Helmet ) लगाउने ,सुरक्षापेटी बाँध्ने सुरक्षा पोशाक लगाउने ,मास्क लगाउने ,कानमा लगाउने Earmuffs लगाउने ,पन्जा ,Safety shoes
कालो चश्मा लगाउने जस्ता कुराको अनिवार्य रुपमा पालना गनुपर्छ।
सुरु -सुरुमा Area मा काम गर्न जादा मनमा अनेक किसिमको नकारात्मक कुराहरु खेली राखेको हुन्छ तर डर गर्नुहुदैन पछि -पछि सबै थोक Normal हुदैजान्छ। कार्यस्थलमा काम गरन जादा मनलाई पूर्ण रुपमा कममा लगाउनु पर्छ। काम गर्ने Tools , Machine , Electrical Board आदि सबै कम गर्ने सामानलाई Check गर्नु पर्छ ठिक छ कि छैन अनि कम गर्नु पर्छ। स-साना लापरवाहीले दुर्घटना हुनसक्छ त्यसैले Safety को साथ कम गर्नु पर्छ।
Road _ बाटो काट्दा विशेष ध्यान दिनु पर्छ! कहिले पनि फोन गर्दै बाटो काट्नु हुदैन अन्यथा ठुलो जोखिम भोगनु पर्छ। जहिले पनि बाटो काट्दा Signal Light मा गइ राम्री Signal हेरेर मात्र Road Cross गर्नु पर्छ। हाम्रो भन्दा बेगलै बाटो हुन्छ बिदेशमा र जथावाभी Road Cross गर्दा Fine पनि तिर्नु परि हाल्छ।
फेरि अर्को ब्लग लिएर आउने छु। धन्यवाद !
🖊…. राम शंकर पासवान

टिप्पणियाँ
एक टिप्पणी भेजें